सागमा १७ स्वर्णसहित नेपाल अग्रस्थानमा

सागमा १७ स्वर्णसहित नेपाल अग्रस्थानमा
मङ्लबार, मंसिर १७, २०७६

काठमाडौं – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले १७ स्वर्ण पदक जितेको छ । आज बिहान साढे १० बजेसम्म नेपालले १७ स्वर्ण हात पारेको हो ।

सोमबार बेलुकीसम्म कराते र तेक्वान्दोबाट १४ स्वर्ण हात पारेको थियो भने ट्रायथलनमा एक गरि जम्मा १५ स्वर्ण जितेको थियो । १६ औं स्वर्णका रुपमा उसुका विजय सिञ्जालीले स्वर्ण जित दिलाए ।

१७ औं स्वर्ण उसुको महिलातर्फकी खेलाडी सुस्मिता तामाङले दिलाईन । यो सँगै नेपालले अहिलेसम्म १७ स्वर्ण, ३ रजत र ८ कास्य गरी २८ पदक हात पारेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।