गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त

गढीमाईमा मेला भर्न जाँदा यातायात अस्तव्यस्त
मङ्लबार, मंसिर १७, २०७६

जीतलाल श्रेष्ठ
बारा । महेन्द्र राजमार्ग अन्र्तगत निजगढ-पिलुवा-कलैया सडकखण्ड अवरुद्ध भएको छ । प्रदेश नं. २ अन्र्तगत बाराको वरियारपुर १ मा गढीमाई पञ्च वर्षिय पुजा गर्न, मेला भर्न जाने यातायातका साधन सडकमा अत्याधिक भएसंगै र ट्राफिक ब्यवस्थापन अस्त ब्यस्त हुदा यो समस्या निम्तिएको हो ।

आज बेलुकी ६ बजे निजगढ-पिलुवा-कलैया सडकखण्डमा करिब २५ किलोमिटर सडक जाम भएको छ ।

गढीमाई जाने पिलुवा सडकखण्डदेखि निजगढ सम्मको ११ किलोमिटर सडक र पथलैया सम्मको सडक समेत अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

गढीमाईमा आज १७ गते विशेष पुजा गरि रागा वलि दिईएको छ भने, भोली बोका वलि चढ्ने भएकोले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी लगायत देशका विभिन्न जिल्लाबाट र छिमेकी देश भारतबाट समेत लाखौंको संख्यामा दर्शनार्थीहरु पुजा गर्न र मेला भर्न आउने गर्छन् ।

यही मंसिर १ गतेबाट शुरु भएको मेला मंसिर महिना भरी लाग्ने छ । मेला अवधि भर डेढ करोड भन्दा बढी दर्शनार्थीहरु मेला भर्न आउने अनुमान छ ।