१३ औं साग अपडेट : नेपाल २७ स्वर्णसहित अग्रस्थानमा (हेर्नुहोस पदक तालिका)

१३ औं साग अपडेट : नेपाल २७ स्वर्णसहित अग्रस्थानमा (हेर्नुहोस पदक तालिका)
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले २७ स्वर्ण जितेको छ । यो अग्रतासँगै नेपालले अग्रता कायम राखेको छ ।

आज साइक्लिङमा पुरुषतर्फ नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन । उसुको थाउलोमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९ दशमलव ३२ अंक ल्याएर स्वर्ण जितेका हुन् । त्यस्तै करातेको महिला ६८ केजी माथिको कुमुतेमा अनुपमा मगरले स्वर्ण जितेकी छिन् ।

करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका दिपक अधिकारीले कास्य पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरको दुरी दिपकले ३० मिनेट ५० दशमलव ०६ सेकेण्डमा पुरा गरेका थिए ।