१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो

१३ औं साग अपडेट : २९ स्वर्णसहित नेपालको अग्रता कायमै, २७ स्वर्णसहित भारत दोस्रो
बुधबार, मंसिर १८, २०७६

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले २९ स्वर्ण जित्दै अग्रता कायम गरेको छ ।

आज १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत तेक्वान्दोमा नेपालका सक्षम कार्कीले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा पुरुष ८७ केजी माथिको गेरुगीमा सक्षमले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेका हुन् ।

तेक्वान्दोमा संगीता बस्यालले स्वर्ण जितेकी छिन् । गेरुगीको महिला ६२ केजी तौल समूहमुनि संगीताले स्वर्ण जितेकी हुन् ।

साइक्लिङमा पुरुषतर्फ नेपालका राजेश मगर र महिलामा निश्मा श्रेष्ठले स्वर्ण जितिन । उसुको थाउलोमा नेपालका दिपक हमालले स्वर्ण जितेका छन् ।

लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९ दशमलव तीन दुई अंक ल्याएर स्वर्ण जितेका हुन् । त्यस्तै करातेको महिला ६८ केजी माथिको कुमुतेमा अनुपमा मगरले स्वर्ण जितेकी छिन् ।

करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । एथ्लेटिक्सको पुरुष १० हजार मिटर दौडमा नेपालका दिपक अधिकारीले कास्य पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १० हजार मिटरको दुरी दिपकले ३० मिनेट ५० दशमलव शुन्य छ सेकेण्डमा पुरा गरेका थिए ।

प्रतियोगितामा नेपालले २८ स्वर्ण, १३ रजत र २१ कास्य गरि कुल ६३ पदक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै भारत २७ स्वर्ण, २० रजत र ११ कास्य गरि कुल ५८ पदक हासिल गर्दै दोस्रो स्थानमा छ ।

श्रीलङ्का ६ स्वर्ण, १८ रजत र ३१ कास्य गरि कुल ५५ पदक जित्दै तेस्रो स्थानमा रहदा पाकिस्तान ५ स्वर्ण १२ रजत र १७ कास्य जित्दै कुल ३४ पदक सहित चौथा स्थानमा छ ।

बंगलादेश २ स्वर्ण, ६ रजत र २४ कास्य हासिल गरि कुल ३२ पदक सहित पाचौ स्थानमा रहदा माल्दिभ्स १ स्वर्ण र २ कास्य पदक हासिल गर्दै छैठौ स्थानमा छ । भुटान ३ कास्यपदक हासिल गर्दै अन्तिम स्थानमा छ ।