कप्तान मल्लको उत्कृष्ट व्याटिङ, नेपाल १ सय ४१ रनले विजयी

कप्तान मल्लको उत्कृष्ट व्याटिङ, नेपाल १ सय ४१ रनले विजयी
बिहिबार, मंसिर १९, २०७६

काठमाडाैं । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुदअन्तर्गत नेपालले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा भुटानमाथि सानदार जीत निकालेको छ ।

आजको खेलमा नेपालले भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

टि–२० खेलमा अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर बनाएको नेपालले हात पारेको सर्वाधिक ठूलो रन अन्तरको जित हो । यसअघि नेपालले सन् २०१४ को टि ट्वान्टी विश्वकपमा नेपालले हङकङलाई ८० हराएको थियो ।

२ सय ३७ रनको विशाल विजयी लक्ष्य पछ्याएको भुटान २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रनमा समेटियो ।

भुटानले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा तीन विकेट गुमाएर २३६ रन बनाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्लको १०७ रनको योगदानको मद्दतमा नेपालले इतिहास बनाउन सफल बनेको हो । नेपालका लागि मल्लसँगै प्रारम्भिक ब्याट्सम्यानको रूपमा मैदान प्रवेश गरेका पारश खड्काले २८ बलमा नौ चौका र एक छक्काको सहयोगमा ५७ बनाए ।  यो खड्काको टी २० अन्तर्राष्ट्रिय क्रिकेट चौथो अर्धशतक हो ।

खड्का आउट भएपछि मल्लले आक्रामक ब्याटिङ गरे र २७ बलमा दुई चौका र पाँच छक्का प्रहार गरेर अर्धशतक पूरा गरे ।