१३औं सागः उसुमा निमा घर्तिले जितिन् स्वर्ण, नेपालको ३१ स्वर्ण पदक

१३औं सागः उसुमा निमा घर्तिले जितिन् स्वर्ण, नेपालको ३१ स्वर्ण पदक
बिहिबार, मंसिर १९, २०७६

काठमाडौ । काठमाडाैंमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत उसु खेलमा नेपालकी निमा घर्ती मगरले स्वर्णपदक जितेकी छन् ।

लगनखेलस्थित नेपाली सेनाको कभर्डहलमा भएको उसु अन्तर्गत थाउलोको महिला नान्दोमा स्वर्णपदक जितेकी हुन्। निमा उसुमा लगातार दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।

सन् २०१६ मा भारतमा भएको १२ औँ सागमा पनि निमाले नेपाललाई स्वर्णपदक दिलाएकी थिइन् ।