साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा

साग फुटबलः माल्दिभ्सलाई हराउँदै नेपाल अंक तालिकाको शिर्ष स्थानमा
शनिबार, मंसिर २१, २०७६

काठमाडौं । १३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले माल्दिभ्सलाई पराजित गरेको छ।

शुरुवाती अग्रता बनाएको माल्दिभ्स विरुद्ध नेपाली टोलीले दुई गोल गर्दै नेपाल २–१ ले बिजयी भएको हो। पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २–१ ले विजयी भएको हो।

४२ औं मिनेटमा अभिषेक रिजाल र ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरेपछि नेपाल बिजयी भएको हो।

जीतसँगै नेपाल अंक तालिकामा सात अंक रहेको छ । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ । यदी नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ।