मनाङमा जापानका नागरिक मृत फेला

मनाङमा जापानका नागरिक मृत फेला
सांकेतिक तस्वीर
शनिबार, मंसिर २१, २०७६

मनाङ । मनाङको ङिस्याङ गाउँपालिका-४ को एक होटलमा जापानी नागरिक मृत अवस्थामा भेटिएका छन् ।

मनाङ गाउँको हिमालयन सिङ्गी होटलमा जापानिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीय हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी टीकाबहादुर कार्कीले बताए ।

शुक्रबार साँझ पति पत्निसँगै सुतेको र शनिबार बिहान उठाउन खोज्दा पत्नि नउठेपछि पतिले होटल सञ्चालकलाई जानकारी गराएका थिए ।

होटल सञ्चालकले स्थानीय स्वास्थ्यकर्मीलाई बोलाउँदासम्म ती पर्यटकको मृत्यु भइसकेको प्रहरीले बताएको छ ।

डिएसपी कार्कीका अनुसार शनिबार बिहान घटना भएपछि शवलाई पोष्टमार्टमका लागि हेलिकप्टरमार्फत शिक्षण अस्प्ताल काठमाडौं पठाइएको छ । मृत्युको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।