खोटाङमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी

खोटाङमा गाउँपालिका अध्यक्षको गाडीमा आगजनी
सोमवार, मंसिर २३, २०७६

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाको गाडीमा आगजनी भएको छ ।

वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगजनी भएको हो । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ ।

आगो लागेको करिव दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगजनीका विषयमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको छ ।