सागमा नेपाली महिला फुटबल टोली भारतसँग स्तब्ध

सागमा नेपाली महिला फुटबल टोली भारतसँग स्तब्ध
सोमवार, मंसिर २३, २०७६

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपाल पराजित भएको छ । पोखरा रंगशालामा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित हुँदै भारतसँग पराजित भएको हो ।

नेपालविरुद्ध भारतकी एनजी बालादेवीले गोल गरिन् । उनले खेलमा १७ औं र ५५ औं मिनेटमा भातरका लागि गोल गरेकी हुन् ।

घरेलु मैदानमा भएको सागमा भारतलाई हराउँदै स्वर्ण जित्ने नेपाली खेलाडीको सपना अधुरो रह्यो भने नेपालले रजत पदकमा सीमित रह्यो ।