१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी

१३औं सागमा नेपाललाई ४९ स्वर्ण पदक : गौरिकाले एक्लै बनाइन ४ स्वर्णको किर्तीमानी
सोमवार, मंसिर २३, २०७६

काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले ४ स्वर्ण जित्दै ईतिहास रचेकी छन्।

सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा सोमबार भएको १०० मिटर फ्रिस्टाइलमा गौरिकाले चौथो स्वर्ण पदक जितेकी हुन्। योसँगै जारी सागमा उनको पदक संख्या ८ पुगेको छ।

गौरिकाले ५८.१३ सेकेण्डमा निर्धारित १०० मिटर दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन्। भारतकी सिबांगी शर्माले ५८.१५ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन्।

गौरिकाले यसअघि ४०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक जित्दै इतिहास रचेकी थिइन्। त्यस्तै, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइलमा पनि उनले स्वर्ण पदक जितेकी हुन्। जारी सागमा दुई रजत र दुई कास्य पदक जितेकी गौरिकाले एकै सागमा ८ पदक जितेर किर्तिमानी कायम गरेकी छन्।

सागमा चार स्वर्णको ईतिहास बोकेका दिपक विष्टले चार सागमा ति पदक जितेका थिए। तर, एउटै साथमा चार स्वर्ण जितेर गौरीकाले बराबरी गरेकी छन् भने एकै सागमा ड पदक जितेर नेपाली खेलदाडीको ईतिहासमै ठुलो किर्तीमानी कायम गरेकी छन्।