बुधबारदेखि हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

बुधबारदेखि हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना
मङ्लबार, मंसिर २४, २०७६

काठमाण्डौं । बुधबार (भोली) बेलुकीदेखि देशभरको मौसम बदली भई उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र भोली बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले बेलुकीदेखि नै यसको असर नेपालमा पर्ने देखिएको मौसमविद्ले जनाएका छन् ।

यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेकाले देशभरी नै चिसो बढ्ने छ । मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना निकालेर बुधबारदेखि यो प्रणाली सुरु भएर आउँदो शनिबारसम्म रहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

आज भने देशभरको मौसम सामान्यतया सफा नै रहनेछ ।