ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर

ओखलढुंगाको टोड्केमा जीप दुर्घटना : १० जना घाइते दुईको अवस्था गम्भीर
मङ्लबार, मंसिर २४, २०७६

सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको जीप ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकास्थित टोड्केमा दुर्घटना भएको छ। दुर्घटनामा जीपमा सवार १० जना घाइते भएका छन्।

घाइते मध्ये दुईजनाको अवस्था गम्भिर रहेको ओखलढु‌ंगा प्रहरीले जनाएको छ। जीपमा सवार यात्रुहरुको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाले जनाएको छ।

१० जना सवार जीप सडकबाट १ सय ५० मिटर तल खसको प्रहरीले जनाएको छ। घाइते सबैको मिसन अस्पताल ओखलढुङ्गामा उपचार भईरहेको छ।