कर्मचारीले सांसदलाई हराए

कर्मचारीले सांसदलाई हराए
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं । संघीय संसद सेवा दिवसका अवशरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा संसदका कर्मचारीको टिमले सांसदको टिमलाई पराजित गरेको छ ।

कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४-० गोलअन्तरले पराजित गरेको हो ।

सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका थिए ।

कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए ।

संघीय संसद सेवा दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल भएको हो ।