साग फुटबलको फाइनल जारी, नेपाल १-० ले अगाडि

साग फुटबलको फाइनल जारी, नेपाल १-० ले अगाडि
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं- दक्षिण एसियाली खेलकुद सागको पुरुष फुटबलमा भुटान विरुद्ध नेपालले एक गोलको अग्रता लिएको छ ।

नवौं मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । दर्शकले खचाखच भएको मैदानको १७ औं मिनेटमा नेपालले अग्रता बनायो ।

नेपालका लागि अभिषेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिषेखको यो तेस्रो गोल हो ।