सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो

सनिलको जीतसँगै नेपालले ५० औं स्वर्ण जित्यो
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं- १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका खेलाडीलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

सनिलले भारतका भिरेन्द्रर सिंहलाई हराएका थिए । यससँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।