सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु

सैन्य विमान दुर्घटना, ३८ जनाको मृत्यु
मङ्लबार, मंसिर २४, २०७६

एजेन्सी । चिलीमा सैन्य विमान दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको छ ।

विमान अन्टार्कटिका जाने क्रममा दुर्घटना भएको हो । ३८ जना यात्रु रहेको सी–१३० हर्कुलेस मोडलको विमान दुर्घटना भएको चिलीको वायु सेनाले जनाएको छ ।

विमानमा चालक दलका १७ सदस्य र २१ यात्रु सवार थिए । विमान चिलीको पुन्टा एरेनासबाट उडेको केही घण्टापछि सम्पर्कविहिन भएको थियो ।

विमान एन्टार्कटीकास्थित प्रेजिडेन्ट एडुवार्डो फ्रेइ मोन्टाल्वा शिविरका लागि उडेको थियो । चिलीको हवाई सेनाले विमानको खोजी कार्य भइरहेको जनाएको छ ।