साग फुटबलको पहिलो हाफ : नेपाल र भुटान १/१ गोलको बराबरी

साग फुटबलको पहिलो हाफ : नेपाल र भुटान १/१ गोलको बराबरी
मङ्लबार, मंसिर २४, २०७६

काठमाडौं- जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपाल र भुटानबीचको फुटबल जारी छ । अहिले पहिलो हाफको खेल सकिएको छ ।

पहिलो हाफ १/१ को बराबरीमा सकिएको छ ।

नबौ मिनेटमा मिक्चेन तामाङले पोष्ट भित्र पाएको मौकामा चुक्न पुगे । दर्शकले खचाखच भएको मैदानको १७ औं मिनेटमा नेपालले अग्रता बनायो । नेपालका लागि अभिशेख रिजालले गोल गरे । जारी प्रतियोगितामा अभिशेखको यो तेस्रो गोल हो ।

एक गोलले पछि परेको भुटानले १९ औं मिनेटमा गरेको प्रहार पोष्ट माथिबाट बाहिरीयो । उसका चेन्चोको प्रहार फ्रेममा रहन सकेन ।

त्यसपछि ३४ औं मिनेटमा चेन्चो ग्याल्जोङले डिबक्समा राम्रो अवसर पाएका थिए । तर उनको प्रहार पोष्टमाथिबाट बाहिरीन पुग्यो ।

खेलको ३७ औं मिनेटमा भुटानले खेल बराबरी गर्न सफल भयो । भुटानका लागि कप्तान चेन्चो ग्याल्जेनले उत्कृष्ट गोल गरे ।