पाँच तस्वीरमा मुस्ताङ र म्याग्दीको हिमपात

पाँच तस्वीरमा मुस्ताङ र म्याग्दीको हिमपात
शुक्रबार, मंसिर २७, २०७६

काठमाडौं– मुस्ताङ र म्याग्दी शुक्रबार हिमपात शुरु भएको छ । केही दिनयता मौसममा भएको बदली र हिमपातसंगै बढेको चिसोले जनजिवन प्रभावित भएको छ ।

गत असोज महिनादेखि बर्षा भएको थिएन् । दुई महिनापछि भएको बर्षाका कारण कृषकहरुलाई भने राहत मिलेको छ । गहुँ, केराउ, जौ, उवा लगायत हिउदेबालीमा सिचाई भएर खेतीबाली सप्रने कृषकको आशामा किसानहरु रहेका छन् ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पर्यटकीय स्थल घोडेपानी, धवलागिरी गाउँपालिकाको गुर्जामा बिहानदेखि हिउ पर्न थालेको स्थानीयले जनाएका छन् । घोडेपानीका आकाश गर्बुजाले दुई फिट हिउँ जमीसकेको बताए ।

हिउ पर्ने क्रम जारी छ । घर बाहिरको काम गर्न सकेका छैन् । आगो तापेर घरभित्रै न्यानोमा बसेका छौ । गुर्जाको जनकल्याण माविका प्रअ रुपेश सुवेदीले हिमपातका कारण जनजिवन प्रभावित भएको बताए ।

मोहरेडाडा, खोप्रा लेक लगायत पर्यटकीय स्थलमा पनि हिउ परेको छ । यसैगरी मुस्ताङको जोमसोम, मुक्तिनाथ, चराङ, लोमान्थाङ, मार्फा, कोवाङ लगायतका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण यातायात सेवा प्रभावित भएको छ । स्थानीयबासी, तिर्थयात्री र पर्यटकहरु समस्यामा परेका छन् ।