छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा

छिट्टै ब्रेक्जिट बिषय टुंगिने बेलायती प्रधानमन्त्री जोनसनको अपेक्षा
शनिबार, मंसिर २८, २०७६

एजेन्सी । आम निर्वाचनमा बहुमत हासिल गरेपछि कन्जरभेटिभ पार्टीका नेता समेत रहेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनले छिट्टै ब्रेक्जिट बिषय टुंगिने अपेक्षा गरेका छन । बोरिसले प्रधानमन्त्री निवास डाउनिङ स्ट्रीटमा बोल्दै कन्जभेटिभहरूलाई मतदान गरेका लेबर समर्थकहरूप्रति ऋणि भएको बताएका छन ।

यूरोपसँग समान सार्वभौमका आधारमा सहकार्य गर्दै विकास गर्ने र ब्रेक्जिटको विरोध गर्नेहरूलाई पनि नजरअन्दाज नगर्ने उनले प्रष्ट्याएका छन । कन्जर्भे्टिभहरूले हाउस अफ कमन्समा सन् १९८७ यताकै सबभन्दा ठूलो बहुमत प्राप्त गरेपछि जोनसनको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

बेलायतमा विहिबार सम्पन्न आमचुनावमा प्रधानमन्त्री बोरिस जोनसनको कन्जर्भेटीभ पार्टीले ३ सय ६४ सिट प्राप्त गरेको थियो ।