महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार

महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार
शनिबार, मंसिर २८, २०७६

काठमाडौं । महिला फुटबलको फिफा वरियतामा नेपालको तीन स्थान सुधार भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गरेको हो । नयाँ वरियतामा नेपाल ९७ औं स्थानमा रहेको छ ।

अघिल्लो महिना नेपाल १०० औं स्थानमा रहेको थियो । दक्षिण एसियाको वरियतामा भारत पहिलो स्थानमा छ । नेपाल दोस्रो स्थानमा रहेको छ । भारत ५७ औं स्थानमा रहेको छ ।

दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३८ औं र भुटान १५० औं स्थानमा रहेको छ । नया वरियतामा अमेरिका शीर्ष स्थानमा कायमै छ ।

यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेका छन् ।