अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई
शनिबार, मंसिर २८, २०७६

काठमाडौं । अकुपाईं टुंडिखेल अभियान अन्तर्गत आज खुलामञ्चको सरसफाई गरिएको छ । अभियानको छैठौँ हप्तामा ‘सफा, स्वच्छ खुला मञ्च कायम गरौँ खुला मञ्चको फोहोर कसिंगर जरै देखि उखेलेर फालौँ’ भन्ने नारासहित सरसफाई गरिएको हो ।

टुंडिखेल टुंडिखेलजस्तै हुनु पर्छ भन्ने भावनाले अभियान सञ्चालन भएको काठमाडौं महानगरपालिका २८ का वडाध्यक्ष भाइराम खड्गीले बताए । अकुपाई टुंडिखेल अभियानका अभियान्ता सुशन वैद्यले सार्वजनिक स्थानमा पद र शक्तिमा भएका व्यक्तिले सरसफाई लगायतका काम गर्नुपर्ने बताउँदै उनले तीन करोड नेपालीको हक लाग्ने सम्पत्तिलाई महानगरले भाडा लगाउन नमिल्ने बताए ।

अकुपाईं टुंडिखेल अभियान अन्तर्गत यसअघि टुंडिखेलको सांस्कृतिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक महत्वमाथि केन्द्रित रहेर कार्यक्रम सञ्चालन भएका थिए । टुंडिखेलमा बसपार्क, अनधिकृत पसल सञ्चालन गरिएपछि यसको विरुद्धमा अभियान सञ्चालन गरिएको हो ।