मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई

मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी टोनीलाई
आइतवार, मंसिर २९, २०७६

काठमाडौं । यस वर्षको मिस वर्ल्ड २०१९ को उपाधि जमैकाले जितेको छ। जमैकाका सुन्दरी टोनी एन सिंले सो उपाधि जितेकी हुन्। शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डको उपाधी आफ्नो कब्जामा पार्न सफल भईन ।

दोस्रो स्थानमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने भारतकी सुमन रावले तेस्रो स्थान हासिल गर्न सफल भए । नेपालकी मिस नेपाल अनुष्का श्रेष्ठले भने ‘मिस वर्ल्ड प्रतियोगिता’ अन्तरगतको मल्टिमिडिया अवार्ड जितेकी थिइन् भने उनले ब्युटी विथ द पर्पोज विधा पनि जितिन्।