स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्‍यो ५ एजेन्डा

स्थायी कमिटीका लागि नेकपा सचिवायले तय गर्‍यो ५ एजेन्डा
फाइल तस्वीर
आइतवार, मंसिर २९, २०७६

काठमाडौं। नेकपा सचिवालय बैठकले स्थायी कमिटि बैठकका लागि बिभिन्न ५ वटा एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आज (आइतबार) बसेको नेकपा सचिवालय बैठकले राजनीतिक प्रतिवेदन, बिधान संशोधन प्रस्ताव लगाएतका एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार हुदै गएको जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै स्थायी समितिमा प्रचण्डबाट पेश हुने राजनीतिक प्रतिवेदनमाथि अध्यक्षद्वय ओली र प्रचण्डबीच छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपा स्थायी कमिटि बैठक आइतबार दिउँसो पार्टी कार्यालय धुम्वाराहीमा बोलाइएको छ ।

पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन÷तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो ।