देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी

पदाधिकारी मिलाउन आआफ्ना नेतासँग छलफल

देउवा र पौडेल पक्षको चाक्सीवारी वार्ता  : नेविसंघ नेतृत्व सहमति मै ल्याउने तयारी
सोमवार, मंसिर ३०, २०७६

काठमाडौं- पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेपछि उत्पन्न परिस्थितिका विषयमा कांग्रेसका दुई पक्षबीच दोस्रो चरणको वार्ता चाक्सिबारीमा भएको छ।

महाधिवेशन कार्तालिका नल्याउँदासम्म केन्द्रीय समिति बैठकमा सहभागि नहुने पौडेल पक्षको अडान पछि पहिलो चरणमा सभापति देउवासहित उपसभापति विमलेन्द्र निधिले पौडेल निवास बोहराटार पुगेर छलफल गरेका थिए। सभापति स्वय‌ले गरेको वार्ता असफल भएपछि आज उपसभापति निधिले पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर पौडेल पक्षले गठन गरेको वार्ता टोलीसँग छलफल गरेका हुन्।

२६ गतेको बैठक बहिस्कार पछि गत २७ गते चाक्सीबारीमै भएको पौडेले पक्षको भेलाले नेता सिंहको नेतृत्वमा वार्ता टोली बनाएको थियो। आजको छलफलमा महाधिवेशनको कार्यतालिकासँगै नेपाल विद्यार्ठ्ठी संघको नेतृत्वका विषयमा पनि छलफल भएको छ।

‘नेपाल विद्यार्थीसंघको नेतृत्व चाडै ल्याउने विषयमा एकप्रकारको समझलदारी निर्माण भएको छ,’ पौडेल पक्षका वार्ताटोली सदस्य हृदयराम थानीले भने, ‘दुबै दर्फबाट नेताहरुसँग विद्यार्थी संघको नेतृत्व र पदाधिकारी कसरी ल्याउने र चाडो नेतृत्व चयन गर्ने भन्ने छद्यफल पछि पुन छलफलमा बसेर निस्कर्ष निकाल्ने समझदारी भएको छ।’

उनले नेविसंघसहित भ्रात्री संथाको नेतृत्व चयनमा सहमति पछि महाधिवेशन कार्यतालिका पनि तय गरेर केन्द्रीय समिति बैठक जाने जानरी दिए। गत २६ गतेको बैठक पौडेल पक्षले बहिस्कार गरेपछि कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन।