बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप

बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाशलाई पुन चौथो पटक म्याद थप
सोमवार, मंसिर ३०, २०७६

सुनसरी । आफ्नै अनुयायी बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदाश महाराज भनिने कृष्णबहादुर गिरी लाई पुन चौथो पटक ७ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत सुनसरीका न्यायधिस मणिराम न्यौपानेको इजलासले गिरी लाई सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिन र पछिल्लो पटक ७ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा बसेका छैनन् । उजुरी परे पनि हालसम्म प्रहरी हिरासतमा नपरेका गिरी हिरासद छल्दै अस्पतालको डिलक्स रुमलाई ‘भिआइपी हिरासत’ बनाउदै आएका छन् ।

आफूलाई आयुर्वेद र वेदका ज्ञाता, जगद्गुरु, अनन्तश्री महायोगी सिद्धबाबा भनेर नामको अगाडि विद्यावारिधि गरेको भन्दै डा. लेख्न मन पराउने ४५ वर्षीय कृष्णबहादुर गिरी विराट नर्सिङ होममा ‘उपचारको नाटक गर्दै प्रहरी हिरासतमा बसेका छैनन् । उनि विराट नर्सिङ होमको स्त्री तथा प्रसूति विभागको पाँच नम्बर बेडमा भर्ना भएर बस्दै आएका छन् ।