भारतमा नागरिकता विधेयकको विरुद्धको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३ पुग्यो

एक हजारभन्दा वढि प्रदर्शनकारी प्रहरी नियन्त्रणमा

भारतमा नागरिकता विधेयकको विरुद्धको आन्दोलनमा ज्यान गुमाउनेको संख्या २३ पुग्यो
आइतवार, पुस ६, २०७६

एजेन्सी । नागरिकता विधेयकको विरोधमा भारतमा जारी आन्दोलनमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

नागरिकता सम्बन्धी नयाँ कानूनी व्यवस्थाको विरोधमा सातादिन देखि जारी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा मृत्यु हुनेको संख्या २३ पुगेको हो ।

मुस्लिम विरोधी रहेको भनिएको नयाँ कानुनको विरोधमा मारिने अधिकांश युवा रहेका छन । आन्दोलनका क्रममा भारतीय जनता पार्टीले शासन गरेका राज्यहरुमा बढी दमन भएकाले मारिनेहरुको संख्या बढेको बताइएको छ ।

भारतको सबैभन्दा बढी जनसंख्या भएको उत्तर प्रदेश राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको दलले सरकार चलाएको छ । प्रदर्शनकारीले दर्जनौ सरकारी सवारीसाधन र सार्वजनिक, निजी भवनहरुका तोडफोड गरेको बताइएको छ ।

अन्दोलनकारीले प्रहरी चौकीमासमेत आक्रमण गरेका छन् । सुरक्षाकर्मीले इन्टरनेट सेवा अझै बन्द गरेको छ भने प्रदर्शनका क्रममा सुरक्षाकर्मीको दमनका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् ।

करिब एक हजार प्रदशर्नकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भारतको संसदले गत हप्ता मुस्लिम बाहेकका आप्रबासीलाई नागरिकता दिने बिधेयक पारित गरेपछि आन्दोलन शुरु भएको हो ।