राष्ट्रिय बाणिज्य बैकबाटपनि ‘क्यूवारकोड पेमेन्ट’ सुरु : सानो ठिमी शाखाले गर्‍यो अगुवाई

राष्ट्रिय बाणिज्य बैकबाटपनि ‘क्यूवारकोड पेमेन्ट’ सुरु : सानो ठिमी शाखाले गर्‍यो अगुवाई
शनिबार, पुस १२, २०७६

काठमाडौं- राष्ट्रिय बाणिज्य बैकले ‘क्यूवार कोड पेमेन्ट’ सुरु गरेको छ। निजी क्षेत्रका बैकबाट केहीवर्ष अघि देखि नै ‘क्यूआरकोड पेमेन्ट’ सुरुवात गरेपनि सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैकले भने पहिलोपटक सुरुवात गरेको हो।

‘क्यूआरकोड पेमेन्ट’ सुरु गर्ने बाणिज्य बैकको पहिलो शाखा बनेको छ –राष्ट्रिय बाणिज्य बैक, सानोठिमी शाखा।

‘डिजिटल वालेटको जमानामा मानिसहरु पैसा बोक्ने झण्झट गर्दैनन्, ’राष्ट्रिय बाणिज्य बैक सानोठिमी शाखाका सहायकप्रवन्धक मुकेश दाहालले भने, ‘निजी क्षेत्रका बैकले यो अभ्यास सुरु गरिसकेका छन्। हाम्रो शाखाले पनि यो अभ्यास गरेर आधुनिक पुस्तालाई समेटेको हो।’

मोवाइलवालेटको रुपमा रहेको ‘क्यूआरकोड पेमेन्ट सिस्टम’ले व्यक्तिले खल्तिभरी पैसा बोकेर हिड्नुपर्ने र पर्स छुट्यो भनेर चिन्ता गर्नु पर्ने झण्झटबाट मुक्तिदिने उनको भनाई छ।

राष्ट्रिय बाणिज्य बैक सानो ठिमि शाखाले देशमै पहिलो पटक राजश्व कारोबार बाणिज्य बैकमा भित्राएको छ। उसले शैक्षिक कार्ायलयहरुको राजश्व बैकमा जम्मा हुने व्यवस्था मिलाउँदा उल्लेख्य डिपोजिट बढाएर किर्तिमान कायम गरेको जनाएको छ।

राष्ट्रिय परीक्षाबोर्ड, सिटिइभिटी, जनकशिक्षा सामग्री केन्द्र, शिक्षक सेवाआयोग, शिक्षाविभागसहितकाधेरै सरकारी कार्यालय रहेको सानोठिमीमा विगतमा सामान्य सेवा संचालन हुँदै आएपनि पछिल्लो वर्ष सेवाप्रभावकारी रुपमा विस्तारित भएको छ । राष्ट्रिय परीक्षाबोर्ड र सिटिइभीटीमा काउण्टर नै राखेर सेवा सुरु भएको छ भने शिक्षक सेवाआयोगको दरखास्त आवेदन अनलाई सेवा मार्फत सेवासुरु गरी बाणिज्य बैकमा भुक्तानीगर्न थालिएको छ।

‘लाइसेन्स परीक्षाका लागि अनलाईनमा फारम भर्ने क्रम सुरुवात भइसकेको छ, ’शिक्षक सेवाआयोगकालेखा अधीकृत कृष्ण बसेलले भने, ‘अनलाइन फर्म भरेर राष्ट्रिय बाणिज्य बैकमा पैसा बुझाएर छाप लगाएको भौचर आफ्नो आइडीमा प्रविष्ट गरेपछि सम्बन्धित ठाउँबाटै प्रवेश पत्र पाउने व्यवस्थाको अभ्यास भइसकेको छ।’

बसेलले राष्ट्रिय बाणिज्य बैंक सानो ठिमी शाखाको सहकार्यमा यस्तो अभ्यास सम्भव भएको बताए। शिक्षक लाइसेन्सका लागि २ लाख ६० हजारले आ–आफ्नै स्थानबाट अनलाईन फर्म भर्न पाएका थिए।

सिटिइभिटी र राष्ट्रिय परीक्षा बोर्डमा काउण्टर संचालन गरीरहेको बैकको सानोठिमी शाखाले उनीहरुलाई अनलाईन प्रणाली संचानल गरी परीक्षार्थीलाई नजिकको बैंकको शाखामानै भुक्तानी गर्ने व्यवस्थामिलाउन पहल गरिरहेको छ। यसो गर्दा देशभरको परीक्षार्थीको शूल्क बैकमा आउने र परीक्षार्थीलाई पनि सहयोग पुग्ने शाखा प्रबन्धक सरोज कोइरालाको भनाई छ।

‘अहिले काउण्टर संचालन गर्दा पनि लाइन व्यवस्थापन नै चुनौतीपूर्ण बनिरहेको छ,’शाखा सहायकप्रवन्धक दाहालले भने, ‘अनलाइन प्रणालीमा गए भने विद्यार्थीहरु ट्रान्स्कृप्ट, माइग्रेसन सर्टिफिकेटका लागि एक हप्ता काठमाडौंमा विताउनुपर्नेृ झण्झटबाट मुक्त हुनेछन्।’

उनले शुल्क बुझाइसकेपछि एकदिनमै कामहुने हुँदा बिधार्थीहरुको समय ,श्रम तथा खर्चको समेत बचतहुने बताए।