क्रान्तिकारी माओवादीको विरोध र्‍यालीमा प्रहरी हस्तक्षेप, नेता गजुरेलसहित एक दर्जन बढी पक्राउ

क्रान्तिकारी माओवादीको विरोध र्‍यालीमा प्रहरी हस्तक्षेप, नेता गजुरेलसहित एक दर्जन बढी पक्राउ
आइतवार, पुस १३, २०७६

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । भारतले मिचेको नेपाली भू–भाग फिर्ता ल्याउन माग गर्दै काठमाडौंको माइतीघरबाट सिंहदरबार घेर्न जाने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

प्रहरी हस्तक्षेपका क्रममा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलसहित एक दर्जन बढीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा १ जना प्रदर्शनकारी महिला र १ जना प्रहरी घाइते भएका जनाइएको छ ।

प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।