स्वर्ण विजेता बक्सिङ खेलाडी नगदसहित सम्मानित

स्वर्ण विजेता बक्सिङ खेलाडी नगदसहित सम्मानित
बिहिबार, पुस १७, २०७६

काठमाडौं । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता बक्सिङ खेलाडी नगदसहित सम्मानित भएका छन् । बेलायतमा बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेता तीन खेलाडीलाई आज नगदसहित सम्मान गरेका हुन् ।

सागमा नेपालले बक्सिङमा तीन स्वर्ण जितेको थियो । नेपालका भुपेन्द्र थापा मगर, सनिल शाही र मिनु गुरुङले स्वर्ण जितेका थिए ।

स्वर्ण विजेता तीनै खेलाडीलाई बस्नेतले जनही २५–२५ हजार नगदले सम्मान गरेका हुन । बक्सिङ प्रशिक्षक ओम मास्केको पहलमा बस्नेतले खेलाडीलाई नगदबाट सम्मान गरेको हो ।

बस्नेतले लण्डनबाट पठाएको रकम नेपाल बक्सिङ संघले आज प्रदान गरेको हो । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेलाडीलाई नगद प्रदान गरे ।

त्यस अवसरमा सदस्य सचिव सिलवालले खेलाडी–खेलाडीबीचको अनुभव आदान प्रदानको कार्यक्रम पनि महत्वपूर्ण हुने बताए । त्यस्तै कार्यक्रममा रजत र कास्य विजेतालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।