राज रंगशालाको कन्तविजोग : तामझामका साथ मदन भण्डारी रंगशालाको तयारी

राज रंगशालाको कन्तविजोग : तामझामका साथ मदन भण्डारी रंगशालाको तयारी
सोमवार, पुस २१, २०७६

एमके माझी
राजविराज– सप्तरीको कंचनरुप नगरपालिकामा मदनमण्डारी रंगशाला बन्ने भएको छ। स्तरीय नयाँ रंगशाला बन्ने खवरले एका तिर त्यस भेगका खेलप्रेमीहरु उत्साहीत भएका छन् भने अर्को तर्फ सदरमुकाम राजविराजस्थित सगरमाथा अञ्चलकै एक मात्र पुरानो राज रंगशाला वेहाल अवस्थामा छोडीदा खेलप्रेमीहरु निराश भएका छन्

गत शुक्रबार युवा तथा खेलकुद मन्त्रालयले सप्तरीको कंचनरुप नगरपालिका-९ मा फुटवल ग्राउण्ड तथा एथलेटिक्स ट्रयाक सहित अत्याधुनिक मदन भण्डारी रंगशाला निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढाएएको छ। करिव एक अर्व खर्चिएर कंचनरुपमा  अत्याधुनिक मदनभण्डारी रंगशाला बनाउने प्रक्रिया सुरु हुँदा  सदरमुकाम राजविराजमा २०३६ सालमा निर्माण गरिएको सगरमाथा अञ्चलकै एक मात्र पुरानो राजरंगशाला आवश्यक मरम्मत सम्भारको अभावमा वेहाल अवस्थामा  छ।

यसतर्फ युवा तथा खेलकुद मन्त्रालयले कुनै चासो नदेखाउनुलाई यहाँका खेलप्रेमी तथा बुद्धिजीविहरुले दुर्भाग्यपूर्ण भनेका छन्। राजविराजका खेलाडी, खेलप्रेमी र नागरिक अगुवाहरुले धेरै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलाडी जन्माई सकेको राज रंगशालालाको वेहालप्रतिको संवेदनहिनताले सरकारले काम देखाउनका लागि मात्र काम गरिरहेको बताएका छन्।

राजविराजको ईज्जत र प्रतिष्ठासँग जोडिएको एक मात्र ऐतिहासिक रंगशाला जोखिम पूर्ण र वेहाल अवस्थामा रहेकाले यसको मरम्मत र सम्भारमा समेत सरकारले ध्यान दिनु पर्ने नागरिक समाज तथा खेल प्रेमीहरुको माग छ ।

‘विगतमा रंगशाला मरम्मत सम्भारका लागि आएको फाटफुट बजेटको दुरुपयोग भएको छ यसको छानविन हुनुपर्छ,’ नागरिक संजाल सप्तरीका अध्यक्ष सुखराम यादवले भने, ‘संघीय सरकारकै निगरानीमाराज रंगशालाको तत्काल मर्मतसम्भार हुनुपर्छ।’

सातहजार दर्शक अटाउने क्षमता भएको राज रंगशालाको प्याराफिट ठाउँठाउँमा भत्केर कुनै वेलापनि दुर्घटनामा पर्ने खतरामा छ। रंगशालाको प्यारापिट मुनि वर्षौ देखि विभिन्न व्यक्तिले कब्जा जमाएर बसोबास गरिरहेका छन् । प्यारापिट अतिक्रमण भएकाले मैदानमा दिसा पिसाव गर्ने, गाई बस्तु चराउने र पर्खालका ईटा उखालेर लैजाने समस्या थपिएको छ।

‘ऐतिहासिक महत्व बोकेको राज रंगशाला संरक्षाणको अभावमा कुरुप बनेको छ, प्रथमिकता यस रंगशालाको संरक्षा०ामा हुनुपर्छ,’ पत्रकार महासंघ सप्तरीका पूर्वअध्यक्ष मुरलिप्रसाद यादवले भने, ‘अनधीकृत कब्जा हटाउनुपर्छ अनि रंगशालालाई तत्काल खेल गतिविधिका लागि योग्य बनाइनु्पर्छ।’ उनले यस्तै अवस्था रहिरहे घेरवेर गरेको पर्खाल समेत समाप्त हुने अवस्था आएको बताए।

यस रंगशालामा खेलगतिविधि मात्र नभई औद्योगिक मेला, राजनीतिक दलका सभा सम्मेलनसमेत हुने गरेको छन्। रंगशाला खेलगतिविधि बाहेक अन्य प्रयोजनमा समेत आउने गरेकाले मैदानको अवस्था पनि जिर्ण बनेको छ। राज रंगशालाको स्तोरन्नती योजना लिएर स्थानीय सरोकारवाला पटक-पटक युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद समक्ष बजेटको माग गरेका थिए। तर, हालसम्म त्यसको सुनुवाई भएको छैन।

‘२ बिगाह ७ कठ्ठा ४ धुर क्षेत्रफलमा बनेको राज रंगशाला अहिलेसम्म लथालिङ अवस्थामा छ, ‘ जिल्ला खेलकुद बिकास समिति सप्तरीका उपाध्यक्ष धिरेन्द्र वर्मा धिरुले भने, ‘बजेट नदिने, खेल गतिविधि नबढाउने अनि नेताका नाममा नयाँ निर्माण गर्ने कुरा स्वभाविक देखिदैन।’

खेलकुदको विकासको लागि नयाँ पूर्वाधार निर्माण कार्य अघि बढाउनु सकारात्मक भएपनि भएका पुराना संरचनालाई जोखिमपूर्ण छोड्नु र तत्कालका खेल गतिवलधिप्रति ध्यान नदिनु् दुःखद भएको उनको भनाई छ ।

फोटो क्याप्सन नं. १ सप्तरीको कंचनरुप नगरपालिका ९ मा ८४ करोडको लागतमा बन्ने भएको मदन भण्डारी रंगशालाको ढाँचा
फोटो क्याम्पस नं. २ मर्मत सम्भारको अभावमा बर्षौ देखि अलपत्र र जोखिम पूर्ण अवस्थामा रहेको सगरमाथा अञ्चलकै एकमात्र पुरानो सप्तरी सदरमुकाम राजविराज स्थित राजरंगशाला