इराकबाट अमेरिकी सेना फिर्ता नहुने

इराकबाट अमेरिकी सेना फिर्ता नहुने
मङ्लबार, पुस २२, २०७६

एजेन्सी । इराकबाट अमेरिकी सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्रीले जनाएका छन् ।

अमेरिकी एक सैन्य जर्नलले इराकबाट सेना फिर्ता हुनुपर्ने सुझाव दिँदै लेखेको पत्रबारे रक्षामन्त्रीले स्पष्ट पारेका हुन् ।

रक्षामन्त्रीले इराकबाट सेना फिर्ता गर्ने उपयुक्त समय नआएको बताएका छन् । इरानका सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इराकमा रहेका अमेरिकी सेनाबारे चिन्ता गर्दै फिर्ता लैजाने बारे प्रस्ताव गरिएको थियो ।

राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा सुलेमानी मारिए पछि इरानले अमेरिकी विरुद्ध बदला लिने घोषणा गरेको छ । इरानले इराकबाट अमेरिकी सेना फिर्ता लैजाने भनेको छ ।

तर, इराकबाट सेना फिर्ता लैजानु परे इराक विरुद्ध सवैखाले प्रतिबन्ध लगाउने अमेरिकाले चेतावनी दिएको छ ।