इरान विमान दुर्घटना अपडेट : विमानमा सवार १६७ यात्रुसहित १७६ को मृत्यु

इरान विमान दुर्घटना अपडेट : विमानमा सवार १६७ यात्रुसहित १७६ को मृत्यु
बुधबार, पुस २३, २०७६

इरानको तेहरान विमानस्थलमा युक्रेनी विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको छ। युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक भएको दुर्घटनामा १६७ यात्रुसहित नौ चालक दलका सदस्य सबैको मृत्यु भएको हो।

युक्रेनी राष्ट्रपति वोलोडिमिर जेलेस्कीले सबै यात्रू र चालकदलका सदस्यको मृतु भएको जनाएका हुन्।

यूक्रेन इन्टररनेशनल एयरलाइन्सको विमान तेहरानमा इरानको इमाम खुमैनी विमानस्थलबाट उडान भर्नासाथ दुर्घटनामा परेको थियो।विमान प्राविधिक समस्याका कारण दुर्घटनामा परेको जनाइएको छ।