मनमोहन मेमोरियल क्रिकेटः आजको खेलमा सुदुर पश्चिम विजयी

मनमोहन मेमोरियल क्रिकेटः आजको खेलमा सुदुर पश्चिम विजयी
आइतवार, पुस २७, २०७६

सुनसरी । सुदुर पश्चिम प्रदेश मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । इनरुवामा जारी प्रतियोगिता अन्तर्गत आइतबार गण्डकी प्रदेश बिरुद्ध ९ विकेटको सहज जित निकाल्दै सुदुरपश्चिम सेमीफाइनल प्रवेश गरेको हो ।

इनरुवा रंगशालामा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै गण्डकीले दिएको ६५ रनको लक्ष्य सुदुरपश्चिमले १ विकेट गुमाएर १० दशमलव २ ओभरमा पुरा गर्यो । सुदुरपश्चिमको लागि गजेन्द्र बोहराले ३४ रन बनाए भने खडक बोहराले अविजित १६ रन तथा अरुन ऐरीले अविजित १० रन बनाए ।

गण्डकी प्रदेशको लागि १ मात्र विकेट दिपेश खत्रीले लिए । यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकी प्रदेशले २३ दशमलव ३ ओभरमा ६४ रनमै सबै विकेट गुमाएको थियो । यो संगै प्रतियोगिताको सेमीफाइनल समीकरण पनि पुरा भएको छ ।

समुह ’ए’ बाट त्रिभुवन आर्मी क्लब, समुह ’बि’ बाट नेपाल पुलिस क्लब तथा समुह ’सी’ बाट प्रदेश नम्बर ३ ले यस अघिनै सेमीफाइनलमा स्थान सुरक्षित गरिसकेका थिए । माघ १ गते हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा माघ २ गते हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।