शिष्यलाई ठगी गरेको आरोपमा स्वामी शिवानन्द पक्राउ

शिष्यलाई ठगी गरेको आरोपमा स्वामी शिवानन्द पक्राउ
सोमवार, पुस २८, २०७६

काठमाडौं । आफ्नै शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, उनले शिष्यलाई विदेश पठाइदिन्छु भन्ने आश्वसन देखाएर रकम उठाएका थिए । भण्डारीले आफूलाई तन्त्रविद्याको विज्ञका रुपमा प्रहरीसँग परिचय गराएका छन् । उनको टौदहमा पनि आश्रम रहेको प्रहरीले जनाएको छ ।