’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीको विजयी

’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीको विजयी
सोमवार, पुस २८, २०७६

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्यूरोड टिम एनआरटीले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
आज सम्पन्न पहिलो खेलमा एनआरटीले पुलिसलाई १ शुन्य गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन दर्शन गुरुङले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६औं मिनेटमा दर्शनले निर्णायक गोल गरे ।

डिबक्स भित्रबाट उनको कडा प्रहार सिधै गोल भएको थियो । एनआरटी विरुद्ध बल पोजिसनमा पकड जमाएपनि पुलिसले गोल गर्न सकेन । यो जितसँगै एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ ।

लिगमा एनआरटीको यो तेस्रो जित हो । एनआरटीले ६ खेलमा ८ अंक जोडेको छ ।

पुलिसको यो दोस्रो हार हो । पुलिस ६ खेलमा ८ अंकसहित सातौं स्थानमा झरेको छ ।