भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेको सर्बोच्चको ठहर

राजश्व न्यायाधीकरणको फैसला सर्बोच्चबाट सदर

भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेको सर्बोच्चको ठहर
सोमवार, पुस २८, २०७६

काठमाडौं- २०६७ सालको नक्कली भ्याट बिल प्रयोग गरेको मुद्दामा सर्बोच्चले अन्तिम फैसला गरेको छ। सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र प्रकाश ढुंगानाको संयुक्त इजलाशले आन्तरिक राजस्व न्यायाधीकरणको फैसलालाई  सदर गरिदिएको हो।

आन्तरिक राजस्व विभागले त्यसबेला नक्कली भ्याटबिलको ठूलो घोटाला सार्वजनिक गरेको थियो। विभागले निर्धारण गरेको कर प्रक्रियामा चित्त नबुझाएपछि व्यवसायीहरु महानिर्देशकको पुनरावलोकनसँगै राजस्व न्यायधीकरण हुँदै सर्बोच्च अदालत पुगेका थिए।

सर्बोच्च अदालतले भाटभटेनी सुपरमार्केट, अरुण इन्टरकन्टिनेनटल ट्रेडर्स, महेश बानिया शंकर अक्सिजन ग्यास प्रालि र ए आइ टि प्रालि ले नक्कली भ्याटबिल प्रयोग गरेको ठहर गरेको हो।

अब ति कम्पनीले विभागले निर्धारण गरेको कर र सोमा लाग्ने ब्याज जरिवाना सहित ठूलो रकम बुझाउनुपर्नेछ।