सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु
मङ्लबार, पुस २९, २०७६

काठमाडौं । सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो ।

दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।