माघे संक्रान्तिमै किन खाने तरुल र चाकु ?

माघे संक्रान्तिमै किन खाने तरुल र चाकु ?
बुधबार, माघ १, २०७६

शान्ता लम्साल

काठमाडौं । आज माघे संक्रान्ति विभिन्न धर्म सम्प्रदायले बेग्लाबेग्लै कार्यक्रम गरी मनाएका छन् । हिन्दु धर्माबलम्बीले आज मकर संक्रान्ति मनाएका छन् । बौद्ध धर्माबलम्बीले सम्यक दान पर्व मनाएका छन् ।

त्यस्तै थारु समुदायले माघी र मगर समुदायले मकर सक्रान्ति पर्व मनाएका छन् । आजको दिन पुसको मसान्तिमा पकाएको कन्दमुल खाने, घिउ, चाकु तिलको लड्डु खाने परम्परा छ ।

माघे संक्रान्ति बेग्लाबेग्लै धर्म तथा समूदायले भिन्ना भिन्नै कार्यक्रम गरी मनाएका छन् । हिन्दु धर्माबलम्बीले सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भन्दै मकर संक्रान्ति मनाएका छन् । त्यस्तै बौद्ध धर्माबलम्बीहरुले सम्यक दान पर्व मनाएका छन् । थारु समूदायले नयाँ वर्षका रुपमा माघी पर्व र मगर समूदायले माघे संक्रान्ति पर्व मर्नाका छन् ।

माघे संक्रान्तिमा शरीरमा तापक्रम व्यवस्थापन गर्ने कन्दमुल तथा घिउ, चाकु, तिलको लड्डु खाने गरिन्छ । बिहानै मकर स्नान गरी पुसको पाक्य माघमा खाने भन्दै अघिल्लो दिन पाएका तरुल कन्दमुल खाने परम्परा छ । यो स्वास्थ्यका दृष्टिले उपयोगी हुने बताउँछन संस्कृतिविद डा जगमान गुरुङ ।

माघे संक्रान्तीका दिन बिहानै स्नान गरी ब्रत, ध्यान र दान गर्ने मानिसको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । त्यस्तै माघे संक्रान्तिका दिन खाइने परिकार कन्दमुल तथा तरुल, घिउ, चाकु, तिलको लड्डु स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुने विश्वास गर्छिन मञ्जु न्यौपाने ।

माघे सक्रान्तिका दिन नदीका दोभानमा गई स्नान गरी दान गर्नाले मनोकांक्षा पूरा हुने र रोगव्याधीबाट मुक्ति मल्निे भन्दै चितवनको देवघाट, त्रिशुली, इन्द्रावती, बागमती, कालीगण्डकी, बेनीलगायतका स्थानमा मेला लाग्ने गरेको छ । यो पर्वले सबैलाई एकताबद्ध बन्न प्रेरणा दिने विश्वास गरिन्छ ।