गृहमन्त्री भन्छन्- विपदलाई व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा हुन्छ

गृहमन्त्री भन्छन्- विपदलाई व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा हुन्छ
बिहिबार, माघ २, २०७६

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताएका छन् । २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् ।

सुरक्षीत पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दिगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने उनको भनाई छ ।