सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छः- मेयर शाक्य

सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छः- मेयर शाक्य
बिहिबार, माघ २, २०७६

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस भन्नका लागि सरकारले पूर्वाधार निर्माणमा विशेष ध्यान दिएको उनले बताए ।

नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्नेमा शाक्यको जोड रहेको छ । पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धि जनचेतना मनाईंदै छ ।

गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।