अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन नेकपाका दुवै अध्यक्ष सहमत

अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन नेकपाका दुवै अध्यक्ष सहमत
आइतवार, माघ ५, २०७६

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र लामो समयदेखि विवादको विषय बनेको सभामुख प्रकरण टुंगिएको छ । आइतबार बिहान बालुवाटारमा भएको नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाउन दुवै नेता सहमत भएका हुन् ।

आजै बेलुका बस्ने सचिवालय बैठकले सापकोटाको नाम अनुमोदन गर्दै सभामुखको उम्मेदवारका रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि नेकपाभित्र सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा दुई नेताबीच मत बाझिएको थियो ।

दुई नेताबीच बिहान भएको छलफलपछि अपरान्ह चार बजे सचिवालय बैठक बोलाइएको छ । महासचिव विष्णु पौडेलले आइतबार बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिए ।