ह्यारी र मेगनको शाही उपाधी औपचारिक रुपमा अन्त्य

ह्यारी र मेगनको शाही उपाधी औपचारिक रुपमा अन्त्य
आइतवार, माघ ५, २०७६

एजेन्सी । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनको शाही उपाधी र दायित्व औपचारिक रुपमा अन्त्य भएको छ । बाही उपाधि र दायित्वमा नरहने घोषणा गरेको ह्यारी दम्पत्तीको प्रस्तावलाई बेलायतको बाकिङ्घम दरबारले औपचारिक रुपमा स्वीकृत गरेको हो ।

बकिङ्घम दरबारका अनुसार अब ह्यारी र मेगनले शाही उपाधि प्रयोग नगर्ने र उनीहरूले नागरिकको करबाट आउने रकम समेत नपाउने घोषणा गरेको हो । अब ह्यारी र मेगनले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले शाही उपाधिमा नरहने ह्यारी र मेगनको प्रस्तावलाई मञ्जुरी दिएकी थिइन् । ब्रिटिश राजपरिवारका शाही उपाधिप्राप्त सदस्यहरूलाई ’रोयल हाइनेस’ भन्ने चलन थियो ।

ह्यारी र मेगनले राजपरिवारको ’वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्दै यूके तथा उत्तर अमेरिकामा जीविकोपार्जनका लागि काम गर्ने घोषणा गरेका थिए ।