गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी

गायिका आस्था राउतविरुद्ध पक्राउ पूर्जी जारी
आइतवार, माघ ५, २०७६

काठमाडौं । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले राउतविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक महिला प्रहरीले दिएको जाहेरीका विषयमा अनुसन्धान गर्न गायिका राउतविरुद्ध पक्राउ पूर्जी जारी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेसँगै प्रहरीले राउतको खोजी शुरु गरेको छ ।