यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिक मारिए

यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिक मारिए
सोमवार, माघ ६, २०७६

एजेन्सी । यमनको एक सैन्य शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो ।

यो आक्रमणमा दर्जनौं सैनिक घाइते भएका छन् । आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ ।

यद्दपी हुथी समूहले घटनाको जिम्मेवारी लिएको छैन । यसैबीच यमनका राष्ट्रपति अब्द्रबुबु मन्सुर हादीले घटनाको भत्र्सना गरेका छन । यसअघि पनि हुथी बिद्रोहीले यमनको दक्षिणी शहर अदनमा भइरहेको सैन्य परेडमा मिसाइल हमला गर्दा ३२ जना सैन्य जवानको मृत्यु भएको थियो ।

यमनको पश्चिमी क्षेत्र कब्जामा लिएको हुथी विद्रोहीले पछिल्लो समय आतंकवादी हमलालाई तिब्रता दिँदै आएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।