विद्यालयमै माछापालन र च्याउ खेती

विद्यालयमै माछापालन र च्याउ खेती
सोमवार, माघ ६, २०७६

हर्क चन्द-डडेल्धुरा

डडेल्धुराको अजयमेरु गाउँपालिका–१ मा रहेको बालकल्याण माविले बिद्यालयमा नै माछा पालन र च्याउखेती सुरु गरेको छ । जिल्लाको सामुदायिक बिद्यालयहरु मध्ये पहिलो कृर्षि प्राविधिक अध्यापन सुरु गरेको माविले विद्यालयमै आकर्षक च्याउखेती, माछालपाल तथा करेशाबारीहरु बनाएको छ ।

त्यसोत, २०७० सालबाट कृर्षि प्राविधिक धार अध्यापन गराउन सुरु गरेको बालकल्याण मावी पुइलेकमा कक्षा ९ देखि १२ सम्म कृषि बिषय पढ्ने १ सय ५० जना बिद्यार्थी छन् । उनीहरुले नमुनाकै रुपमा बिद्यालय हाता भित्रै प्लास्टिक पोखरी निर्माण गरि माछापालन गरेका छन् ।
गत बर्ष देखि नै विद्यालय हाताभित्रै सुरु गरेको च्याउखेतीबाट आम्दानी सुरु गरेको बिद्यालयले च्याउँखेतिको आम्दानी प्रयोगशालाका समाग्री र बिउबिजन खरिदमा लगाएको प्रधानाध्यापक जगदीशसिह भण्डारी बताउँछन् । बिद्यालयले कुनै पनि कक्षामा शुल्क लगाएको छैन् ।

कृषि व्यबसायबाटै भएका आम्दानीले बिद्यालयको अन्य खर्चहरुसमेत धान्दै आएको बालकल्याण माविले मसरुम हास बनाएर बिद्यार्थीहरुले सिकाई उपलब्धी बढाउनका लागि च्याउखेती गर्न सफल भएको हो । चिसो मौसामा पनि बिद्यार्थीहरुको प्रयासले डडेल्धुरामा च्याउखेती गर्न सम्भव रहेको प्रशिक्षक नारायणप्रशाद अवस्थी बताउँछन् ।

९५ रोपनी आफनो जमिन रहेका बिद्यालय अध्ययन र अन्य अभ्यासले जिल्लाकै नमुना मावि बन्नुपर्ने भएपनि राजनीतिक पहँुच नभएका कारण सम्भव नभएको विद्यालयका संचालक तथा शिक्षकहरुको बुझाई छ । बिद्यालयमा खानेपानी, प्रयोगशाला, भवनसहितका समस्याका बाबजुत पनि बिद्यालयले जिल्लामै ख्याती कमाएको उनीहरुको भनाई छ ।

कक्षा १ देखि सधारण र ९ देिी १२ प्राविधीक धारमा पठाई हुने बिद्यालयमा कक्षा १ देखि १२ सम्मै अंग्रेजी माध्यममा पढाई भईरहेको छ ।  विद्यालयले ई–हाजिरी जडान, गाउँपालिका स्तरीय कक्षा ५ र ८ कक्षाको परीक्षा संचालन तथा शिक्षक सम्मेलन मार्फत तैमासिक पाठ्यभार निर्धारण जस्ता गतिविधि गर्ने गरेको छ । प्रत्येक विद्यालयका एक जना शिक्षकलाई कम्प्पुटर तालिम पनि यही विद्यालयले संचालन गरेको छ ।

अजयमेरु गाउँपालिकाले गाउँपालिका कर्मचारी भर्ना सम्बन्धी कार्यविधि निमार्ण, पाठ्यक्रम तयार गर्ने, एक विद्यालय तथा दुई सामुदायिक बालविकास केन्द्र मर्ज गर्ने, ३० वटा विद्यालय मर्मत, कक्षा कोठा निमार्ण तथा घेराबार निर्माण, विद्यालय स्तरीय, शिक्षक, बिद्यार्थी खेलकुद कार्यक्रम आयोजना, प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड् प्रतियोगीता, र कक्षा १ र २ मा अग्रेजी माध्यम पढाई सुरु गरेको छ ।