आन्तरिक विवाद साम्य पार्ने कसरतमा कांग्रेस

उपसभापति निधि र पूर्वमहामन्त्रीद्वय सिंह र सिटौलाबीच वार्ता

आन्तरिक विवाद साम्य पार्ने कसरतमा कांग्रेस
सोमवार, माघ ६, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक विवाद सम्य पार्ने कसरतमा जुटेको छ। सभापित देउवाले एकलौटी विधानका धारा समेत निलम्बन गरेर महाधिवेशन घोषणा गरेपछि तिब्र विवादमा फसकेको कांग्रेसमा सहमति जुटाएर अघि बढ्ने प्रयास जारी छ।

गत मंसिर २६ गतेको बैठक वरिष्ट नेता पौडेल पक्षले बहिस्कार गरेपछि नै उपसभापति निधिलाई सहमतिका लागि वार्ताको जिम्मा दिएका देउवाले निधिको वार्ता जारी रहँदै केन्द्रीय समितिबाट पौडेल पक्षको बहिस्कारमै महत्वपूर्ण निर्णय पछि कांग्रेसभित्रको विवाद गहिरिएको थियो।

त्यस यता पौडेल पक्षले जिल्लासभापतिको भेला डाकेर देउवालाई चुनौती दिइसकेको छ भने कांग्रेसमा एकअर्काप्रति भनाभन जारी छ।

भ्रात्री स‌गठन नेविसंघ नेतृत्वविहिन बनेको एक वर्ष पुरा हुँदा पनि नेतृत्व पाउन सकेको छैन। तीन वर्ष अघि बनेको तशरुण दलको तीन जनामा समित छ। पार्टी केन्द्रको विवादले चार जना पदाधिकारी बनाएकोमा देउवा पक्षका अध्यक्ष जितजंग बस्नेतले पौडेल पक्षका भूपेन्द्रजंग शाहीलाई कारवाही गरेर निकालेपछि तीनजनामा सिमित भएको हो।

किसानसंघ १५ वर्ष देखि अनि दलित संघ ८ वर्ष देखि विना अधिवेशन चलिरहेका छन्। पार्टी महाधिवेशनको दुई महिनाभित्र बनाइसक्नुपर्ने विभाग विधानको धारा नै निलम्बन गरेर सभापति देउवाले ४७ पुर्‍याएका छन्। विवादका कारण विभाग गठनको समेत टुंगो छैन।

महाधिवेशन घोषणा भएको छ तर महाधिवेशनको पूर्वाधारका लागि समेत सहमति आवश्यक भएको भन्दै वार्ता सुरु भएको छ। वार्ताले ठोस सहमति जुटाउन नसके राजनीतिक रुपमा कांग्रेसको ओरालाो यात्रा सुरु हुने अवस्था छ।

सरकार विरुद्ध आन्दोलनको चेतावनी दिइरहेको कांग्रेस आन्तरिक विवाद सम्य नभए दोहोरो चेपुवामा पर्ने र नागरिक समर्थन गुमाएर प्रतिपक्षको हैसियत पिन सँगै गुमाउने अवस्था छ।