पश्चिमी भेगका पहाडी र हिमाली क्षेत्रमा आज हिमपात हुने

पश्चिमी भेगका पहाडी र हिमाली क्षेत्रमा आज हिमपात हुने
मङ्लबार, माघ ७, २०७६

काठमाडौं । आज मुलुकको पश्चिमी भेगका पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी वायु सक्रिय हुँदा काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिम भेगमा भने पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

राती भने देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वदली रहने र पूर्वका केही उच्च स्थानमा हिमपात हुने पूर्वानुमान गरिएको छ।