सभामुख पदको उम्मेदवारी आज दर्ता हुँदै

सभामुख पदको उम्मेदवारी आज दर्ता हुँदै
मङ्लबार, माघ ७, २०७६

काठमाडौं । आगामी माघ १२ गते हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवारी दर्ता गर्नुपर्ने समयसिमा बिहान ११ देखि दिउँसो २ बजेसम्म तोकीएको संसद् सचिवालयले जनाएको छ ।

सभामुख पदको लागि नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेसले अहिलेसम्म सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्ने बारेमा निर्णय गरिसकेको छैन ।