मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ८ पर्यटकको मृत्यु

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ८ पर्यटकको मृत्यु
मङ्लबार, माघ ७, २०७६

रुपेश दुलाल

हेटौडा- मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-४ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भेटिएका ८ जना पकर्यटकको मृत्यु भएको छ।

भारतको केरलाका २८ बर्षीय रन्जित कप, ३४ बर्षीया ईन्द्र, ३७ बर्षीय प्रबिण, ३२ बर्षीया सरिया, ५ बर्षीय अभी, ७ बर्षीया अर्चना, ५ बर्षीय बैशनव र ९ बर्षीया बन्द्रा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

केरलाबाट दामन–पालुङ क्षेत्र घुम्न आएका १५ जनाको टोलीमध्ये एउटा कोठामा सुतेका उनीहरु मंगलबार विहान ९ बजेतिर अचेत भेटिएका थिए। हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल ल्याईएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

अन्य ३ कोठामा सुतेकाहरु भने सकुशल छन्। कोठामा झ्याल ढोका बन्द गरी हिटर बालेर सुतेकाले घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।